८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


नुवाकोट–२ बाट कांग्रेसका अजुर्ननरसिंह केसी विजयी


182
Shares

काठमाडौं । नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी विजयी हुनुभएको छ । सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा रहेका कांग्रेसका उम्मेदवार केसीले २८ हजार १०७ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेलाई १६ हजार ४७७ मतसहित दोस्रो हुनुभएको छ । नेकपा (एमाले) का उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ मत ल्याउनुभयो ।

यसअघि २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार खतिवडासँग दश हजार मतान्तरले पराजित हुनुभएको केसी यो पटक खतिवडाभन्दा १२ हजार ५४६ मतान्तरले निर्वाचित हुनुभएका हो ।