
काठमाडौं । कपिलवस्तु क्षेत्र नम्बर २ को प्रतिनिधि सभामा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी हुनुभएको छ । नेकपा (एमाले) का बृजेश गुप्तालाई पराजित गरी आचार्य विजयी हुनुभएको हो ।
आचार्यले ३९ हजार १४ मत प्राप्त गरि विजयी हुनु भएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका गुप्ताले ३८ हजार ६९७ मत पाउनुभएको छ । यस्तै, राप्रपाका सविता शर्माले १ हजार ५७४ मत पाउनुभयो ।
२०७४ सालको निर्वाचनमा भने बृजेश विजयी हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्