
काठमाडौं । मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ ।
नेकपा (एमाले) का राजबहादुर कार्कीलाई ३ हजार ८८४ मतान्तरले पराजित गरी शाही विजयी हुनुभएको हो ।
शनिबार बिहान सकिएको मतगणनामा शाहीले १४ हजार ७०२ मत पाउनु भई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका कार्कीले १० हजार ७०८ मत पाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्