
काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले जग्गा वर्गीकरण मापदण्ड सम्बन्धी प्रतिवेदन स्वीकृत गरेको छ ।
उपमहानगरपालिकाको स्थानीय भू–उपयोग परिषदकाे बैठकले जग्गा वर्गीकरण मापदण्डसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको हो । स्थानीय भू–उपयोग परिषदले जग्गा वर्गीकरण प्रतिवेदन स्वीकृतिको लागि पेश गरेको थियो । प्रतिवेदन स्वीकृतसंगै विवरण नापी विभाग, प्रदेश भू–उपयोग परिषद र संघीय भू–उपयोग परिषदमा पठाइने हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभयो ।
जग्गा वर्गीकरण सम्बन्धी प्रतिवेदन कानूनबमोजिम अगाडि बढ्ने भएकाे छ । उपमहानगरको वडाहरुको भू–बनौट, भूमिको क्षमता, उपयुक्तता, भूमिको मौजुदा उपयोग र आवश्यकता समेतको आधारमा कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, साँस्कृतिक, पुरातात्विक महत्वको क्षेत्र र अन्य क्षेत्रमा वर्गीकरण हुने प्रवक्ता न्यौपानेले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्