
महेश कार्की
बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका-५ मा आज शनिबार बिहान ७ बजेदेखि सुरू भइरहेकाे छ ।
जारी मतदानमा १२ बजेसम्म ३ सय ८५ मत खसेको छ । यहाँ जम्मा मतदाता संख्या ९ सय ९९ रहेका छन् । बुढीनन्दामा यहि मंसिर ४ गते भएकाे प्रतिनिधि र प्रदेश सभाकाे निर्वाचन स्थगित भएकाे थियाे ।
यहाँ नेकपा एमाले र नेपाली कांग्रेस पक्षबीच भएको झडपका कारणले मतदान स्थगित भएको थियो । शनिबार मतदान स्थलमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।
प्रतिक्रिया दिनुहोस्