
एजेन्सी । भारतीय अभिनेता अमिताभ बच्चनको नाम, आवाज र फोटो उनको अनुमतिबिना प्रयोग गर्न अदालतले रोक लगाएको छ।
दिल्लीकाे उच्च अदालतले शुक्रबार अन्तरिम आदेशमा कुनै पनि व्यक्तिले अमिताभसँग मिल्दो-जुल्दो कुनै अन्य विशेषता समेत प्रयोग गर्न नपाउने भनेको हाे । अमिताभले व्यक्तित्व अधिकारको सुरक्षाका लागि दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका थिए । त्यसलाई ध्यानमा राख्दै अदालतले यस्तो आदेश दिएको हो ।
भारतीय साना तथा ठूला कम्पनीहरूले अमिताभको फोटो, आवाज र नामबिना अनुमति प्रयोग गर्ने गरेका छन् । उनको अनुहार धेरै विज्ञापनमा उनको अनुमति बिना देखाइएको छ । अमिताभका वकिलले यस विषयमा दिल्लीकाे उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
त्यसको सुनाईमा उच्च अदालतले इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय र दूरसञ्चार सेवालाई पनि ति सामग्री हटाउन आदेश दिएको छ ।
प्रतिक्रिया दिनुहोस्