१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१५५ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक, कांग्रेस ५२ ठाउँमा विजयी, एमालेलाई ४१ सिट


5.85k
Shares

काठमाडौं । प्रतिनिधि सभाका १६५ क्षेत्र मध्ये १५५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।

घोषित परिणाम अनुसार नेपाली कांग्रेस ५२ स्थानमा विजयी हुँदा नेकपा एमाले ४१ सिटका साथ दोस्रो स्थानमा रहेको छ । यस्तै, नेकपा माओवादी केन्द्र १७, एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ७ , जनता समाजवादी पार्टी ६, लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, नेमकिपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाले एक–एक स्थानमा जित हासिल गरेका छन् । ५ ठाउँमा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् ।

अहिले देशका ७ निर्वाचन क्षेत्रमा मतगणना जारी छ । मतगणना जारी रहेका ४ ठाउँमा कांग्रेसले अग्रता लिएको छ भने २ ठाउँमा नेकपा एमालेको अग्रता छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले एक एक ठाउँमा अग्रता लिइरहेको छ । स्याङ्जा–२, दोलखा र बाजुरामा भने मतगणना सुरु हुन सकेको छैन ।