८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


युक्रेनका ६० लाख जनता बिजुली बिहीन: राष्ट्रपति जेलेन्स्की


221
Shares

काठमाडौं । युक्रेन र रुस युद्धकाबीच युक्रेनका ६० लाख जनता बिजुली बिहीन अवस्थामा अध्यारोमा बस्न बाध्य भएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत साता रुसी मिसाइल हमलापछि ६० लाख युक्रेनीका घरमा अझै बिजुली आपूर्ति हुन नसकेको बताउनुभएको हो । चिसो बढेको बेला बिजुली, ग्याँस र हिटरबिना बाँच्न बाध्य हुँदा युक्रेनी जनता थप मारमा परेको उहाँकाे भनाइ छ ।

भिडियो सम्बोधनमा बोल्दै राष्ट्रपति जेलेन्स्कीले राजधानी र आसपासका क्षेत्रहरू आक्रमणबाट सबै भन्दा बढी प्रभावित भएको र शहरका धेरै बासीन्दाले २० देखि ३० घण्टासम्म बिजुली नपाएको बताउनुभयो । उहाँले राजधानी बाहेक सबै भन्दा बढी प्रभावित क्षेत्र ओडेसा र भिनित्सा रहेको बताउनुभयो ।

उहाँले न्यूनतम विद्युत् प्रयोग हुने उपकरण प्रयोग गर्न सर्वसाधारणलाई अपिल पनि गर्नुभएको छ ।