
काठमाडौं । पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानको आह्वानमा लाखौं मानिस सडकमा उत्रिएका छन् ।
गत महिना आफूमाथि सार्वजनिक कार्यक्रममै गोली प्रहार भएपछि पहिलो पटक खानले सरकारविरुद्ध लङ मार्च आह्वान गर्दै समर्थकहरुलाई सडकमा उत्रन आह्वान गर्नुभएको हो । रावलपिण्डी शहरमा मात्रै लाखौं मानिस उहाँको समर्थनमा उत्रिएका छन् ।
सडकमा उत्रिएका मानिसहरुले खानको पक्षमा नारा लगाएका थिए । भीडलाई सम्बोधन गर्दै खानले सरकारले जनतालाई त्रास राखेर आफ्नो सत्ता जोगाईरहेको आरोप लगाउनुभयो । त्रासले सिंगो देशलाई गुलाम बनाईरहेको उहाँको आरोप लगाउनुभएकाे छ । सडकमा उत्रिनेहरुमा पुरुषहरुसँगै महिलाहरुको संख्या पनि उल्लेख्य रहेको थियो । सडकमा उत्रिएका महिलाहरुले खान मात्रै देशका लागि इमान्दार नेता रहेको र अरू सबै विदेशीका प्यादा बनेको दादी गरेका छन् ।
यसैबीच, नेता खानले भने इस्लामावादसम्मको लङमार्च भने स्थगित गर्नुभएको छ । लाखौं मानिस इस्लामावाद छिर्दा अराजकता निम्तिने र त्यो देश तथा सर्वसाधारणका लागि पनि सुखद नहुने भन्दै लङमार्च स्थगित गरेको घोषणा गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्