१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इटलीमा बाढी र पहिरोका कारण जनजीवन अस्तब्यस्त


117
Shares

काठमाडौं । इटलीमा भारी वर्षापछि आएको बाढी र पहिरोले पुरिदा थुप्रैको मानिसकाे मृत्यु भएकाे छ ।

साेही बाढी र पहिरोका कारण ठूलो संख्यामा मानिसहरू बेपत्ता भएको आशंका समेत गरिएको हाे । इटलीको नेपल्स नजिकै इस्चिया टापु वरिपरीका घरहरु पुरिएको र बगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बाढी बस्तीसम्म प्रवेश गर्दा सयौं सवारी साधनहरू समेत डुबेका छन् ।

साथै ठाउँ-ठाउँका रूखहरू समेत ढलेका छन् । जसका कारण त्यहाँको जनजीवन अस्तब्यस्त भएकाे छ । बेपत्ताहरु भग्नावशेषमा पुरिएको हुनसक्ने आशंकामा सयौं उद्धारकर्मीहरु परिचालन गरिएको छ । गत साता इस्चिया टापुमा केही दिनदेखि जारी भारी वर्षाका कारण २ जनाको मृत्यु भएको थियो ।

भारी वर्षा केही दिन जारी रहने भन्दै इटली सरकारले सर्वसाधारणलाई सुरक्षित रहन समेत अपील गरेको छ ।