२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


धनुषा–१ बाट जसपाका दीपक कार्की विजयी, माओवादी केन्द्रका मातृका यादव पराजित


702
Shares

काठमाडौं । धनुषा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा) का दीपक कार्की विजयी हुनु भएको छ ।

निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव मातृका यादवलाई ५ हजार ४८ मतान्तरले पराजित गर्दै कार्की विजयी हुनु भएको हो ।

कार्कीले २७ हजार ४ सय ३१ मत ल्याउनुभयो भने यादवले २१ हजार ४ सय ८३ मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा रहेको जनमत पार्टीका उम्मेदवार किशोरी साहले १४ हजार ४६७ मत पाउनुभयो ।

यसअघि २०७४ को निर्वाचनमा यादवले कार्कीलाई पराजित गर्नु भएको थियो ।