
काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।
आज (आइतबार) बिहान पश्चिमी उच्च पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ । त्यस्तै, देशका अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार दिउँसो भने प्रदेश-१ र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानमा आंशिक बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। आइतबार राति भने प्रदेश-१ र बागमती प्रदेशको पहाडी भू-भागका केही स्थानमा आंशिक बदली हुनेछ ।
साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा भएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्