
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फको मत गणनामा चलखेल हुनसक्ने आशंका गर्नुभएको छ । केही पार्टीहरुको मत अस्वभाविक बढेको देखिएको भन्दै ओलीले मत गणनामा बसेका एमाले प्रतिनिधिहरुलाई चनाखो बन्न सचेत गराउनु भएको छ ।
सामाजिक सञ्जाल मार्फत उहाँले एकीकृत समाजवादीको समानुपातिक मतको वृद्धिदरलाई संकेत गर्दै सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा अस्वभाविक नतिजा देखिन थालेका बताउनुभएको हो ।
गठबन्धनमा रहेको एउटा पार्टीको ३ प्रतिशत मत नकाट्ने भएकाले अरु पार्टीको मत जोड्ने खेल हुनसक्ने भन्दै ओलीले समानुपातिक मत गणनाको मुचुल्का आफ्नो मेसेञ्जरमा पठाउन भन्नुभएको छ ।
यसैबीच, ओलीले निर्वाचनबाट आएको मत परिणामले सहज रूपमा सरकार गठन हुने अवस्था नदेखिएको बताउनुभएको छ । झापा क्षेत्र नं. ५ मा शनिबार आफूलाई निर्वाचित गर्ने मतदाताहरुको घरदैलो कार्यक्रमका क्रममा उहाँले सरकार गठन गर्नै मुस्किल र टिकाउन झन् मुस्किल हुने जिकीर गर्नुभयो ।
ओलीले मुलुकमा फेरि पनि अस्थिरता ब्याप्त रहने आशंका पनि ब्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्