२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


विश्वकप फुटबलमा स्पेन र जर्मनी बराबरीमा, आज ४ खेल हुँदै


182
Shares

काठमाडौं । फिफा विश्वकप फुटबलमा जर्मनी र स्पेन १–१ गोलको बराबरी खेलेका छन् ।

आइतबार राति भएको खेलमा स्पेनका अल्भारो मोराटाले पहिलो गोल गरेकाे हाे । तर जर्मनीका निक्लस फुल्क्रुगले एक बराबरी गाेल गर्दै जर्मनीको अर्को चरणमा पुग्ने सम्भावना जीवित राखेकाे छन् । यही समूहको अर्को खेलमा जापानलाई कोष्टा रिकाले १–० ले पराजित गरेकाे हाे । आइतबार रातिका खेलहरुपछि विश्वकप फुटबलको समूह ‘ई’ मा दुई खेलबाट ४ अंक जोडेको स्पेन शीर्ष स्थानमा रहेको छ ।

३–३ अंक जोडेका जापान र कोष्टा रिका क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् । एक अंक मात्रै जोडेको जर्मनी चौथो स्थानमा रहेकाे छ । समूहको अन्तिम खेलमा जर्मनीले कोष्टा रिकाको सामना गर्दा जापानले स्पेनसँग खेल्नेछ ।
उता समूह ‘एफ’ को खेलमा मोरक्कोले बेल्जीयमलाई २–० ले पराजित गरेकाे छ । मोरक्कोलाई विजयी गराउन अब्देलहमिद साबिरी र जकारियाले १–१ गोल गरेका हुन् ।

यही समूहको अर्को खेलमा क्रोएसियाले क्यानाडामाथि ४–१ को जित निकालेकाे हाे । क्रोएसियालाई विजयी गराउन आन्दो क्रामारिचले दुई गोल गर्दा मार्को लिभाया र लोभ्रो मायरले १–१ गोल थपेका हुन् । जितसँगै क्रोएसियाले समूहका दुई खेलबाट ४ अंक जोड्दा समान ४ अंक जोडेको मोरक्को दोस्रो स्थानमा रहेकाे छ । बेल्जीयमले ३ अंक जोड्दा अंकबिहिन क्यानाडा समूह चरणबाटै बाहिरिएको छ ।

विश्वकप फुटबलमा आज साेमबार समूह ‘जि’ र ‘एच’ का ४ वटा खेल हुने भएका छन् । समूह ‘जि’ को खेलमा दिउँसो पौने ४ बजे क्यामरुन र सर्बियाबीच हुनेछ । समूह ‘एच’ को खेलमा साेमबार बेलुकी पौने ७ बजे दक्षिण कोरियाले घानासँग खेल्ने भएकाे छ । साेमबार राति पौने १० बजे ब्राजिलले स्विट्जरल्याण्डसँग खेल्ने भएकाे छ ।

साेमबार राति पौने १ बजे पोर्चुगल र उरुग्वेबीचकाे खेल हुने भएकाे छ ।