१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाकिस्तानमा भूमिगत समूहका प्रमुखको हत्याको विरूद्धमा ६ प्रहरी चौकीमा आक्रमणको धम्की

पाकिस्तानमा सुरक्षा व्यवस्थापनमा कडाई

117
Shares

काठमाडौं । पाकिस्तानका एउटा भूमिगत समूहका प्रमुखको हत्याको बदला लिन ६ वटा प्रहरी चौकीमा आक्रमणको धम्की आएपछि पाकिस्तान भरी सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

गत साता पाकिस्तानका कुख्यात गिरोहका प्रमुख खुदा बुख्श लाउन्ड र प्रहरीबीच गोली हानाहानमा भएकाे थियाे । साेही झडपमा क्रममा लाउन्ड मारिएका थिए । दोहोरो भिडन्तका क्रममा ५ जना प्रहरीसहित कम्तिमा १२ जना घाइते भएका थिए ।

झडपमा हतियारधारी आतंककारीहरू थुप्रै बुलेट प्रुफ गाडीहरू छोडेर फरार भएका थिए । त्यसअघि यो साताको सुरुमा अपराधीहरूले हिंसक झडपमा प्रहरी बल विरुद्ध रकेट लन्चर, मोर्टार र अन्य हतियार प्रहार गरेपछि पाकिस्तान सरकार थप सशंकित बनेको हो ।