
काठमाडौं । अभिनेता सलोन बस्नेत आज (सोमबार) प्रेमिका करिश्मा केसीसँग वैवाहिक वन्धन बाँधिदैछन् ।
सलोनले एयर होस्टेस करिश्मासँग प्रेम विवाह गर्न लागेका हुन् । करिब ४ वर्ष लामो समयदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीको चन्द्रागिरिको एक रिसोर्टमा विवाह गर्दैछन् ।
बिहेअघि यो प्रेम जोडीले शनिबार पाताले वन रिसोर्टमा मेहेन्दी समारोह सम्पन्न गरेका थिए । समारोहमा कलाकार तथा उनका आफन्तको उपस्थिति रहेको थियो ।
सलोन र करिश्माले विवाहपछि मंसिर १४ गते अर्थात बुधबार काठमाडौंको पाँचतारे होटलमा रिसेप्सन पार्टी दिने छन् ।
प्रतिक्रिया दिनुहोस्