
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री पदमा दावी गर्दै आउनुभएका वरिष्ठ नेता पौडेल आज साेमबार बिहान समाजवादीका अध्यक्ष नेपाललाई भेट्न उहाँकै निवासमा पुग्नुभएकाे हाे । साेही भेटवार्तामा भएकाे कुराकानीमा नेपालले पनि प्रधानमन्त्रीमा पौडेलको दावीलाई स्वाभाविक हुने बताएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले ईमेज खबरलाई जानकारी दिनुभयाे ।
अध्यक्ष नेपालले अहिलेको सत्ता गठबन्धन कायम राख्नुपर्नेमा जोड समेत दिनुभएकाे उहाँले बताउनुभएकाे छ । कांग्रेसमा हालका प्रधानमन्त्री शेरबहादुर देउवा, रामचन्द्र पौडेल, महामन्त्री गगन कुमार थापा, शेखर काेइराला र प्रकाशमान सिंह लगायतले प्रधानमन्त्री हुने दावी गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्