
काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ बाट नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठ विजयी हुनुभएको छ ।
आज (मंगलबार) बिहान नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १ सय २४ मतान्तरले पराजित गरेर एमालेका सचिव समेत रहनुभएका महासेठ विजयी हुनुभएकाे हो । ३२ हजार २ सय ३६ मत प्राप्त गरेर महासेठ विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्दी यादवले ३२ हजार १ सय १२ मत मात्र प्राप्त गरेर पराजित हुनुभएकाे छ । यसअघि २०७४ सालको निर्वाचनमा पनि महासेठले यादवलाई पराजित गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्