५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


गंगामायाको जीवनरक्षाको माग गर्दै बालुवाटारमा धर्ना


0
Shares

काठमाडौं, असार ३ । गंगामाया बचाऊ अभियानले द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्याको आरोपीलाई कारवाहीको माग गर्दै आमरण अनशनरत गंगामायाको जीवनरक्षाका लागि धर्ना दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सो अभियानले अनशनरत गंगामायाको जीवनरक्षा गर्न, अदालतको फैसलाको तत्काल कार्यान्वयन गर्न र सम्पूर्ण द्वन्द्वपीडितलाई न्याय दिलाउन माग गर्दै धर्ना दिएको हो ।

द्वन्द्वपीडित साझा चौतारीका संरक्षक सुमन अधिकारीले न्यायका लागि अनशनरत गंगामायाको जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउन धर्ना बसेको जानकारी दिए ।

धर्नामा मानव अधिकारकर्मीहरु चरण प्रसाईं, कनकमणि दीक्षितलगायत अधिकारकर्मी र पीडित समुदायको उपस्थिति थियो ।

गोरखा फुजेलका गंगामायाका छोरा कृष्णप्रसादको द्वन्द्वकालमा चितवन बकुलहरमा २०६१ जेठ २४ गते गोली हानी हत्या गरिएको थियो । छोराको न्यायका लागि अनशन बस्दाबस्दै पिता नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते निधन भएको थियो । उनको शव अहिले पनि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।