
काठमाडौं । उदयपुर क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका डा. नारायण खड्का निर्वाचित हुनुभएको छ । परराष्ट्रमन्त्री समेत रहनुभएका खड्काले नेकपा (एमाले) की मञ्जु चौधरीलाई २ हजार ३७९ मतले पराजित गर्नुभएको हो ।
खड्का ३१ हजार २७० मत प्राप्त गर्नु भई निर्वाचित हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी चौधरीले २८ हजार ८९१ मत प्राप्त गर्नुभयो ।
उदयपुर–१ मा खड्काले ०६४ यता लगातार जित्दै आउनु भएको छ । २०७४ सालको निर्वाचनमा अहिलेकै प्रतिद्वन्द्वी मन्जु चौधरीलाई ५४८ मतान्तरले पराजित गर्दै खड्का विजयी हुनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्