७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?


130
Shares

काठमाडाैं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

आज (बुधबार) बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा आंशिक बदली रहेकाे छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बुधबार दिउँसो भने सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा भने आंशिक बदली हुनेछ । साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।

बुधबार राति भने प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा आंशिक बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएकाे छ ।