३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


‘अमेरिकी द भ्वाइस’ को सेमिफाइनलमा पारिजिताकाे प्रवेश


1.495k
Shares

काठमाडौं । ‘अमेरिकी द भ्वाइस’ की प्रतिभाशाली प्रतियोगी पारिजिता बाँस्तोलाले सेमिफाइनलमा प्रवेश गरेकी छिन् । 

पारिजिताले गायिका एलेसिया काराको ‘स्कार्स टु योर’ ब्युटिफुल गीत प्रस्तुत गरेकी थिइन् ।

एलेसिया कारा क्यानाडेली गायिका तथा गीतकार हुन् । एलेसियाको गीत पारिजिताले गाएपछि उनले पारिजितालाई बधाई दिएकी छिन । उनले पारिजिताको प्रस्तुतिलाई सुन्दर र शानदार भन्दै प्रशंसा गरेकी छिन् ।

यस अघिका चरणमा उत्कृष्ट प्रस्तुति दिँदै आएकी पारिजितालाई विश्वभर छरिएर रहेका नेपाली तथा विदेशीहरुले मत दिएको कारण सेमिफाइनल प्रवेश गरेकी हुन् ।

पारिजितालाई थुप्रै नेपाली कलाकारहरुले समर्थन गरि सकेका छन् । उनलाई जिताउन नेपालका चर्चित कलाकारहरूकाे साथ र सहयाेग पनि रहेकाे छ ।