१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुलीमा वन्यजन्तुको अवैध रूपमा चोरी शिकारी बढ्दै


78
Shares

सिन्धुली । वन रक्षक र कर्मचारीहरू निर्वाचनमा केन्द्रित भएको मौका छोपेर सिन्धुलीमा अवैध रूपमा बंदेल र मृग जस्ता वन्यजन्तुुहरूको चोरी शिकारी बढेर गएकाे छ ।

जिल्लाको महाभारत क्षेत्रमा चिसो बढ्दै जान थालेपछि उष्णप्रदेशीय जलवायु भएको चुरे भावर क्षेत्रमा सरेका बंदेल, मृग र निलगाई जस्ता वन्यजन्तुहरूको सर्लाही, महोत्तरी र रौतहटबाट आउने तस्करहरूले अवैध रूपमा शिकार गर्दै आएको साेही क्षेत्रमा बस्ने क्यानेश्वरका दौलत थिङले बताउनुभयाे ।

जिल्लाको चुरेभावर क्षेत्रको घना जंगलमा जंगली हात्ती, बाघ, भालु, मृग र घोरल लगायत अमूल्य वन्यजन्तुहरूको वासस्थान रहेकाे छ । विगतका वर्षहरूमा पनि चुरे भावर वन क्षेत्रमा वन्यजन्तुहरुको लुकिछिपि चोरी शिकारी हुँदै आएको थियो ।

वन्यजन्तु चोरी शिकारी गरेको प्रमाणित भए वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कारबाही ६ महिनादेखि १५ वर्षसम्म कैद र १० हजारदेखि १० लाखसम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।