
काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार ४ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सय रूपैयाँले बढेर ९७ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९७ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य भने बुधबार ५ रूपैयाँले बढेर १ हजार २९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्