
काठमाडौं । मिलन चाम्सद्वारा निर्देशित चलचित्र ‘गोर्खा वारियर’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ ।
चलचित्र निर्माण टिमले मंगलबार चलचित्रको तीनवटा पोस्टर सार्वजनिक गरेको हो । उक्त पोस्टरमा विजय लामा, रितेश चाम्स, रियर राईलगायतका कलाकार चित्रण छन् । चलचित्रमा रेविका गुरुङ, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, विरूप घले, सारा राईलगायतको पनि अभिनय रहेको छ ।
१९४९ मा भएको विश्व युद्धमा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा निर्माण भएको चलचित्रलाई अर्को वर्ष रिलिज गर्ने योजना चलचित्र निर्माण टिमको छ । चलचित्रमा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन रहेको छ ।
लन्डन सिनेआई प्रडक्सन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्मित चलचित्रको निर्मातामा सुस्मिता वाइवा र सुमन राई, कार्यकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा सुरेश राई छन् ।
प्रतिक्रिया दिनुहोस्