१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


गण्डकीमा सरकार बनाउन कुनै दलले ल्याएनन् स्पष्ट बहुमत


143
Shares

काठमाडौं । गण्डकी प्रदेश सभामा सरकार बनाउने गरी कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेनन् ।

सरकार गठनका लागि यहाँका दलले केन्द्रबाट कुनै निर्देशन र सुझाव नपाउँदा आफ्नै नेतृत्वमा सरकार गठनका लागि अग्रसर हुन सकेका छैनन् । प्रतिनिधि सभातर्फ १८ र प्रदेश सभातर्फ ३६ क्षेत्र निर्वाचन क्षेत्र रहेको गण्डकीमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेस एक्लैले प्रतिनिधि सभातर्फ ९ र प्रदेश सभातर्फ १६ सिट जितेको छ । गण्डकी प्रदेशमा स्याङ्जा–२ बाहेक सबै निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ ।

गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षतर्फ १६ सिट जित्दा नेकपा एमालेले १२, नेकपा माओवादी केन्द्रले ५ र १ सिट स्वतन्त्र सांसद दीपक मनाङेले जित्नुभएकाे छ । २४ सिट समानुपातिक निर्वाचन प्रणालीबाट आउने भएपनि समानुपातिकतर्फको मतगणना सकिएको छैन । कांग्रेसबाट मुख्यमन्त्रीका दाबेदार रहनुभएका सुरेन्द्र पाण्डेले गण्डकीमा सरकार गठनको वार्ता सुरू नभएको बताउनुभयो । स्याङ्जा–२ मा अझै मतगणना हुन नसकेकाले सरकार गठनको वार्ता अहिलेसम्म सुरू नभएको उहाँको भनाइ छ ।

केन्द्रले निर्णय नलिदासम्म आफूहरूले सरकार गठनको प्रक्रिया सुरू नगरेको माओवादीका नेता हरिबहादुर चुमानले बताउनुभयो । प्रत्यक्षतर्फ १२ सिट ल्याएको एमालेले भने आफ्नो नेतृत्वमा सरकार कसरत थालेको छ ।