२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


सुनसरी–४ मा झिनो मतले संचारमन्त्री कार्की अगाडि,पछ्याउँदै एमालेका कुसियत


6.11k
Shares

सुनसरी । सुनसरीको प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर ४ को मतगणना जारी छ ।

पछिल्लो मतगणना अनुसार नेपाली काँग्रेसका उम्मेदवार संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेकपा एमालेका उम्मेदवार जगदीश प्रसाद कुसियतसँग झिनो मतान्तरले अघि हुनुहुन्छ । कार्कीले २७ हजार ४४० मत ल्याउँदा कुसियतले २७ हजार ३८२ मत प्राप्त गर्नुभएको छ । कार्की ५८ मतान्तरले अघि हुनुहुन्छ । कुसियतले ३६५ को मतान्तरलाई झारेर ५८ मा ल्याउनु भएको हो । झण्डै अब ५ हजार मतगणना गर्न बाँकी रहेको छ ।