
काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका उम्मेदवार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले पछाडि पार्नु भएको छ ।
पछिल्लो मतपरिणामअनुसार उहाँलाई नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले ८२ मतान्तरले पछाडि पार्नु भएको हो ।
जनता समाजवादी पार्टीको सहयोगमा उम्मेदवार रहेका कुसियैतले २९ हजार ७ सय ९४ मत पाउनु भएको छ भने कार्कीले २९ हजार ७ सय १२ मत प्राप्त गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्