७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


विवाहको केही घण्टापछि गायक जेक फ्लिन्टको निधन


11.31k
Shares

एजेन्सी । अमेरिकन चर्चित गायक जेक फ्लिन्टको विवाहको केही घण्टापछि निधन भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जेकले गत २६ नोभेम्बरमा विवाह गरेका थिए । त्यसको केही समयपछि उनी सुतिरहेकै अवस्थामा निधन भएको हो । उनको निधनको कारण भने खुल्न सकेको छैन । उनको अचानक भएकाे निधनले उनकी श्रीमती ब्रेन्डा, उनको परिवार र आफन्त स्तब्ध छन् ।

जेक प्रचारक क्लिफ डोयलले उनको निधनलाई पुष्टि गरेको हो । साथै जेकको निधन भएपछि श्रीमती ब्रेन्डाले पनि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकी छन् ।

उनले विवाहको तस्वीर हेरेर बस्नुपर्ने समयमा आफ्नो श्रीमानलाई कुन कपडामा अन्त्येष्टि गर्ने भन्ने बारेमा सोच्नुपरेको भन्दै उनले दुःख व्यक्त गर्दै लेखेकी छन्, ‘हामीले अहिले हाम्रो विवाहको तस्वीर हेर्नुपर्ने थियो । तर, यतिबेला मैले आफ्नो श्रीमानलाई कुन कपडामा अन्त्येष्टि गर्ने भनेर सोच्नु परिरहेको छ । यस्तो दुःख कसैले पनि पाउनु हुँदैन । मेरो मुटु मबाट चुँडियो र मलाई उनको आवश्यकता छ । म चाहन्छु, उनी फिर्ता होउन् । मैले यो सहन सकिरहेको छैन ।’

जेक ३७ वर्षका थिए । उनी एक उत्कृष्ट गायक, रेकर्डिङ आर्टिस्ट र डिमान्डमा पर्ने लाइभ परफर्मर थिए । सन् २०१६ मा उनले गायन सुरु गरेका थिए । उनको पहिलो एल्बमको नाम ‘आइ एम नट ओके’ थियो ।