
काठमाडौं । उपाधि दाबेदार जर्मनी र बेल्जियम कतारमा जारी फिफा विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएका छन् । बिहीबार राति भएका नाटकिय खेलहरुपछि समूह ‘ई’ बाट जापान र स्पेन तथा समूह ‘एफ’ बाट मोरक्को र क्रोएसिया नकआउट चरणमा प्रवेश गरे ।
समूहको अन्तिम खेलमा जापानले स्पेनलाई २–१ ले हराएको छ । यो खेलमा स्पेनका अल्भारा्े मोराटाले पहिलो गोल गरेपनि जापानका रित्सु डोनले बराबरी गोल गरे । ५१ औं मिनेटमा आओ तानाकाले जापानको लागि निर्णायक गोल गरे । यो गोल गर्नुभन्दा अगाडि नैं बलले लाइन क्रस गरिसकेको भन्दै विरोध पनि भयो । तर भिडियो असिस्टेन्ट रेफ्रीलाई यसलाई गोल दिएपछि जापान विजयी भयो ।
बिहीबार राति भएको अर्काे खेलमा जर्मनीले कोस्टा रिकालाई ४–२ ले हराएको थियो । तर जितका बाबजुद जर्मनी समूह चरणबाट बाहिरियो ।
समूह ‘ई’ मा जापान ६ अंकसहित समूहको शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गरेको छ । स्पेन ४ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेर समूह चरणमा स्थान बनाउन सफल रह्यो । समान ४ अंक जोडेको जर्मनी गोल अन्तरको आधारमा तेस्रो हुँदै समूहबाट बाहिरियो । कोस्टारिका ३ अंकका साथ चौथो हुँदै बाहिरियो ।
यस्तै, समूह ‘एफ’को अन्तिम खेलमा क्यानाडालाई २–१ ले हराउँदै मोरक्को समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । बेल्जियमलाई गोलरहित बराबरीमा रोकेको क्रोएसिया पनि उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह ‘एफ’ मा मोरक्को ७ अंकका साथ शीर्ष स्थानमा रहेको छ । क्रोएसिया ५ अंकसहित दोस्रो हुँदा ४ अंक जोडेको बेल्जियम समूह चरणबाटै बाहिरिएको छ । क्यानडा भने अंक विहीन बन्दै घर फर्किएको छ ।
नकआउट चरणको खेलमा जापानले क्रोएसियासँग खेल्दा मोरक्को र स्पेन भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्