९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


बाजुरामा पत्रकारलाई मतगणना स्थलमा जान राेक


273
Shares

महेश कार्की

बाजुरा । बाजुरामा पत्रकारलाई मतगणना स्थलमा जान राेक लगाइएकाे छ ।

बाजुरामा प्रतिनिधि र प्रदेश सभाकाे निर्वाचनकाे मतगणना अहिले पनि जारी रहेकाे छ । तर मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले भने जारी मतगणनाकाे बारेमा जानकारी दिन नमानेपछि पत्रकारलाई सूचना लिन कठिन भएकाे हाे । आज (शुक्रबार) बिहानबाट बाजुरामा पत्रकारलाई मतगणना स्थलमा जान राेक लगाइएकाे हाे ।

पत्रकारले सत्य, तथ्य र निष्पक्ष रूपमा सूचना संकल गर्नका लागि मतगणना स्थलमा जान पाउने अधिकार भएतापनि मुख्य निर्वाचन अधिकृतको कायालयले भने कुनै पनि पत्रकारलाई मतगणना स्थलमा प्रवेश गर्न दिएकोे छैन ।

जसले गर्दा पत्रकारले सूचना संकलन गर्न र मतगणना स्थलको प्रत्यक्ष रूपमा रिपोर्टिङ गर्न भने पाएका छैनन् ।