१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


यी हुन्, प्रतिनिधि सभा जित्ने एमाले उम्मेदवारहरू (सूचीसहित)


1.456k
Shares

काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । बाजुरा, स्याङ्जा–२ र दोलखामा अहिले मतगणना जारी रहेको छ ।

अहिलेसम्म घोषित परिणाममा नेपाली कांग्रेस ५५ स्थानमा विजयी हुँदै पहिलो स्थानमा रहेको छ । त्यस्तै नेकपा (एमाले) ले ४४ स्थानमा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी ७/७ सिटमा विजयी भएका छन् । त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, नेमकिपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाले एक/एक स्थानमा जित हासिल गरेका छन् । यस्तै ५ ठाउँमा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् ।

यी हुन् एमालेबाट विजयी उम्मेदवार :

प्रदेश १

१. योगेश कुमार भट्टराई – ताप्लेजुङ
२. वसन्त कुमार नेम्वाङ्ग – पाँचथर
३. महेश बस्नेत – इलाम क्षेत्र नं. १
४. सुवास चन्द्र नेम्वाङ्ग – इलाम क्षेत्र नं. १
५. देव राज घिमिरे – झापा क्षेत्र नं. २
६. लाल प्रसाद साँवा लिम्बू – झापा क्षेत्र नं. ४
७. के.पी. शर्मा ओली – झापा क्षेत्र नं. ५
८. राजेन्द्र कुमार राई – धनकुटा
९. ऋषिकेश पोखरेल – मोरङ्ग क्षेत्र नं. २
१०. भीम प्रसाद आचार्य – सुनसरी क्षेत्र नं. २
११. भगवती चौधरी –सुनसरी क्षेत्र नं. ३
१२. मानबीर राई – सोलुखुम्बु
१३. अम्वर बहादुर रायामाझी – उदयपुर क्षेत्र नं. २

मधेश प्रदेश

१४. राम शंकर यादव – सिराहा क्षेत्र नं. १
१५. लिलानाथ श्रेष्ठ – सिराहा क्षेत्र नं. ३
१६. जुली कुमारी महतो (महासेठ) – धनुषा क्षेत्र नं. ३
१७. रघुबीर महासेठ – धनुषा क्षेत्र नं. ४
१८. लझ्मी महतो कोइरी – महोत्तरी क्षेत्र नं. १
१९. हरि प्रसाद उप्रेती – सर्लाही क्षेत्र नं. ३
२०. अच्युत प्रसाद मैनाली – बारा क्षेत्र नं. १
२१. ज्वाला कुमारी साह – बारा क्षेत्र नं. ३
२२. राज कुमार गुप्ता – पर्सा क्षेत्र नं. ३

बागमती प्रदेश

२३. कृष्ण गोपाल श्रेष्ठ – काठमाडौं क्षेत्र नं. ९
२४. प्रेम बहादुर महर्जन – ललितपुर क्षेत्र नं. २
२५. गोकुल प्रसाद वाँस्कोटा – काभ्रेपलाञ्चोक क्षेत्र नं. २
२६. महेश कुमार वर्तौला – मकवानपुर क्षेत्र नं. २

गण्डकी प्रदेश

२७. पृथ्‍वी सुव्वा गुरुङ – लमजुङ
२८. मन बहादुर गुरुङ्ग – कास्की क्षेत्र नं. १
२९. विद्या भटटराई – कास्की क्षेत्र नं. २
३०. दामोदर पौडेल वैरागी – कास्की क्षेत्र नं. ३
३१. पदम गिरी – पर्वत

लुम्बिनी प्रदेश

३२. गोकर्ण राज विष्‍ट – गुल्मी क्षेत्र नं. २
३३. नारायण प्रसाद आचार्य – पाल्पा क्षेत्र नं. १
३४. ठाकुर प्रसाद गैरे – पाल्पा क्षेत्र नं. २
३५. टोप बहादुर रायमाझी – अर्घाखाँची
३६. छविलाल विश्वकर्मा – रुपन्देही क्षेत्र नं. १
३७. विष्‍णु प्रसाद पौडेल – रुपन्देही क्षेत्र नं. २
३८. बासुदेव घिमिरे – रुपन्देही क्षेत्र नं. ५
३९. बलराम अधिकारी – कपिलवस्तु क्षेत्र नं. १
४०. मंगल प्रसाद गुप्‍ता – कपिलवस्तु क्षेत्र नं. ३
४१. सूर्य बहादुर थापा क्षेत्री – प्यूठान
४२. सुर्य प्रसाद ढकाल – बाँके क्षेत्र नं. १

सुदूरपश्चिम प्रदेश

४३. दामोदर भण्डारी – बैतडी
४४. तारा लामा तामाङ – कन्चनपुर क्षेत्र नं. १