
महेश कार्की
बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–७ मालाकोट बस्ने ३२ वर्षीय चेतन दिप अयडीको हत्या आरोपमा थप दुई जना पक्राउ परेका छन् ।
हत्या आरोपमा बिहीबार थप दुई जनालाई पक्राउ गरेको बाजुरा प्रहरीले जनाएको छ ।
अयडीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा गत बिहीबार दुई जना, मंगलबार दुई जना र बिहीबार थप दुई जना गरी अहिलेसम्म ६ जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भइ रहेको प्रहरीले जनाएको छ । उनीहरुको परिचय भने प्रहरीले खुलाएको छैन् ।
अयडीका आफन्तले प्रहरीमा २२ जनाका नाममा किटानी जाहेरी गरेका छन ।
गत मंसिर ४ गते मतदान गरी घर फर्किने क्रममा सोही नगरपालिका बाजपानीमा कुटपिट हुँदा गम्भीर घाइते भएका अयडीको उपचारको क्रममा बयलपाटा अस्पतालमा उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्