
काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।
आज (शनिबार) बिहान प्रदेश-१, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । त्यस्तै, अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार दिउँसो भने सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै, शनिबार राति भने देशभर मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्