
सिन्धुली । सिन्धुलीमा मध्यपहाडी लोकमार्गको निर्माणले सडक आसपासका जनताले घर आगनबाट सवारी साधनमा यात्रा गर्न पाएसँगै विकासका ढोकाहरू खुलेका छन् ।
सिन्धुलीका गोलन्जोर र फिक्कल गाउँपालिकामा लोकमार्गले स्थानीयको जनजीवनमा परिवर्तन ल्याएको हाे । मध्यपहाडी क्षेत्रका सयौं युवा गाउँमै होटल व्यवसाय गरेर आम्दानी गरिरहेका छन् । साेही क्षेत्रमा होटल मात्र साना–ठूला गरी ३ सय भन्दा बढी सञ्चालनमा आइसकेका छन् । जिल्लामा लोकमार्ग निर्माणले जग्गाको मूल्य समेत बढेको छ । पहिले २ लाख रूपैयाँ रोपनीमा पाईने जग्गाको मूल्य ३० लाखसम्म पुगेको छ ।
जिल्लाको खुर्कोटबाट घुर्मीसम्म लोकमार्गले छोएका जग्गाको मूल्यमा अत्यधिक वृद्धि भएको छ । सिन्धुलीका गोलन्जोर, फिक्कल गाउँपालिकासहित ओखलढुंगा, सोलु, खोटाङ र उदयपुर लगायतका जिल्लाका स्थानीय बासीन्दाहरूको जीवनस्तरमा परिवर्तन आएको छ । लोकमार्गले सिन्धुली हुँदै प्रदेश-१ काे पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा र उदयपुर जिल्लालाई छोएको छ।
लोकमार्गले सिन्धुलीको खुर्कोट नयाँ शहरलाई समेत छोएर गएसँगै ग्रामीण बस्तीहरू बजारमा परिणत हुन थालेका छन् । ग्रमीण बस्तीलाई सडक सञ्जालले जोड्दा स्थानीय लाभान्वित हुने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्