
Web Pic
काठमाडौं । धनुषामा जन्ती बोकेको जीप शनिबार बिहान साढे ४ बजे दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा तीन महिला, एक बालक र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्