
महेश कार्की
बाजुरा । बाजुरामा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्रि पाण्डेले अग्रता कायमै राख्नु भएको छ ।
आज शनिबार बिहान ११:३० बजेसम्म कांग्रेसका उम्मेदवार पाण्डेले १४ हजार १ सय ५ मत प्राप्त गरेर अग्रता कायमै राख्नु भएको हो । उहाँका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्ण थापाले १२ हजार १ सय १४ मत प्राप्त गरेर पछ्याईरहनुभएको छ।
कांग्रेसका उम्मेदवार पाण्डे र एमालेका उम्मेदवार थापाबीच १ हजार ९ सय ९१ मतान्तर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्