१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लुम्बिनीको राजधानी दाङ सारिने


3.315k
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले सबै मन्त्रालय स्थायी राजधानी दाङ देउखुरीमा सार्ने तयारी गरेको छ ।

मन्त्रालय स्थानान्तरणका लागि आन्तरिक तयारीमा सरकार लागेको र यही मंसिर महिनाभित्र प्रदेश सरकार मातहतका सबै मन्त्रालय राजधानीमा सार्ने तयारी छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुुलबहादुर केसीले प्रदेश सरकार मातहतका सबै मन्त्रालयका लागि आवश्यक पर्ने पूर्वाधारसहित मुख्य सचिवको आवास व्यवस्थापनको काम भइसकेको बताउनुभयो । निर्वाचन आचारसंहिता अन्त्य भएसँगै मन्त्रालयहरू राजधानीमा लैजाने तयारी सरकारले गरिरहेको उहाँको भनाइ छ ।

उहाँले पूर्वाधार व्यवस्थापनको कामसहित सरकारले अस्थायी मुकाममा अवस्थित सबै मन्त्रालयहरू स्थायी राजधानी स्थानान्तरण गर्ने तयारी गरिरहेको पनि जानकारी दिनुभयो ।