१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उद्योग क्षेत्रको विकास बिना मुलुकको अर्थतन्त्र सबल हुदैन : मुख्यसचिव बैरागी


117
Shares

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले उद्योग क्षेत्रको विकास बिना मुलुकको अर्थतन्त्र सबल हुन नसक्ने बताउनुभएको छ ।

नेपाल उद्योग परिसंघले शुक्रबारदेखि सुरु गरेको बजेटको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक निजी साझेदारी संवाद ‘बजेट वाच’ कार्यक्रममा बोल्दै उहाँले देश विकासका लागि उद्योग क्षेत्रको महत्वपूर्ण भुमिका भएको बताउनुभयो ।

उद्योग क्षेत्रको विकास बिना मुलुकको अर्थतन्त्र सबल हुन नसक्ने उहाँको भनाई छ । मुलुक भित्र नै उत्पादन बढाउन नसके विदेशी मुलुकसँग प्रतिष्पर्धी बन्न नसक्ने बताउँदै उहाँले उद्योग क्षेत्रको विकासका लागि बनेको नीति कार्यान्वयन हुन नसक्नु सरकार र निजी क्षेत्रको क्षमता कमजोर हुनु भएको बताउनुभयो । पछिल्लो समय मुलुकको अर्थतन्त्र सहज नभएको भन्दै उहाँले सरकार र निजी क्षेत्र दुवै अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा छ भन्ने विषयमा जानकार रहेको तर्क गर्नुभयो ।

मुख्य सचिव बैरागीले बजेटको प्रभावकारी कार्यान्वयनका लागि सरकार र निजी क्षेत्रबीच संवादको आवश्यकता रहेको बताउँदै अब यस्ता, संवाद संवादमा मात्रै सिमित नभएर समाधानमुखी हुनुपर्ने बताउनु भयो ।

उहाँले प्रत्येक वर्ष ६० प्रतिशतभन्दा बढी पुँजीगत खर्च नहुने प्रवृत्ति रहेको बताउँदै अब फरक ढंगबाट काम गर्नुपर्ने आवश्यकता रहेको प्रष्ट पार्नुभयो ।