८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


देशभर १२१ जना सक्रिय संक्रमित


663
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ८ सय ४३ जनाको नमूना परीक्षण गरिएको थियो ।

५ सय ८ जनाको पीसीआर र ३ सय ३५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शनिबार २१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ सय २१ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।