२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विश्वकप फुटबल : आज फ्रान्स र पोल्याण्ड तथा इंग्ल्यान्ड र सेगेनल भिड्ने


806
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज आइतबार प्रि–क्वाटरफाइनलका दुई खेलहरु हुँदैछन् ।

नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुने खेलमा फ्रान्स र पोल्याण्ड भिड्दा राति पौने १ बजे इंग्ल्याण्डले सेनेगलसँग खेल्नेछ ।

फ्रान्स समूह ‘डी’ को विजेता र पोल्याण्ड समूह ‘सी’ को उपविजेता बन्दै प्रि–क्वाटरफाइनलमा पुगेको हो । दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।

यस्तै, इंग्ल्यान्ड समूह ‘बी’ को विजेता र सेनेगल समूह ‘ए’ को उपविजेता बन्दै प्रि–क्वाटरफाइनलमा पुगेको हो । यी दुई टोली पनि जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।