२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला


4.355k
Shares

काठमाडौं । नेकपा एमालेका नेता एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरको लोकन्थलीस्थित घरमा शंकास्पद वस्तु फेला परेको छ ।

बास्कोटाको घर बाहिर शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले ईमेजखबरलाई जानकारी दिनुभयो । ‘शंकास्पद वस्तु भेटिएको जानकारी पाएपछि हामीले नेपाली सेनालाई खबर गर्‍यौं, सेनाको बम डिस्पोजल टोलीले अहिले त्यसबारे अनुसन्धान गरिरहेको छ,’ प्रहरी नायब उपरीक्षक पाण्डेले भन्नुभयो ।

आज आइतबार बिहान छिमेकीले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बास्कोटा यहि मंसिर ४ गते भएको चुनावमा काभ्रे-२ बाट प्रतिनिधि सभा सांसद निर्वाचित हुनुभएको थियो ।