
काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज आइतबार स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।
नामिबिया भ्रमणमा रहेको नेपालले आइतबार दोस्रो खेल खेल्न लागेको हो । पहिलो खेल नेपालको ब्याटिङको पारी सकिएसँगै पहिलो ओभरको ४ बलमा ४ रन बनाएर खेलिरहेको नामिबियासँगको खेल वर्षाका कारण रद्ध भएको थियो ।
नेपाल र स्कटल्याण्ड बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजेबाट सुरू हुनेछ ।
यो सिरिजमा दुवै देशले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको थियो । नेपालले भने आफ्नो पहिलो खेल वर्षाले प्रभावित पारेपछि घरेलु टोलीसँग अंक बाँडेको थियो ।
यस सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डको सहभागिता छ । नेपाल र स्कटल्याण्डले एकआपसमा दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । एक खेलमा नेपाल तथा एकमा स्कटल्याण्ड विजेता बनेको छ ।
प्रतिक्रिया दिनुहोस्