२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बारामा तेलहन खेतीमा वृद्धि


208
Shares

काठमाडौं । बारामा यस वर्ष तेलहन खेतीको क्षेत्रफलमा वृद्धि भएको छ ।

यस वर्ष किसानले १० हजार तीन सय हेक्टर क्षेत्रफलमा तेलहन खेती गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष १० हजार दुई सय ७० हेक्टरमा खेती गरिएको थियो ।

यस्तै केन्द्रका अनुसार तेलहन बालीको उपादकत्वमा विगतका केही वर्षदेखि प्रतिहेक्टर एक मेट्रिक टन उत्पादन हुने गरेको थियो ।

२०७२/०७३ सालमा भने प्रतिहेक्टर एक दशमलव १० मेट्रिक टन उत्पादकत्व रहेको थियो । २०७३ सालदेखि २०७७ सम्ममा कृषकले ११ हजारदेखि १२ हजार हेक्टर क्षेत्रफलमा खेती गर्दै आए पनि उत्पादकत्वमा सुधार नभएर वृद्धिमा कमी हुँदै आएको थियो ।