
काठमाडौं । दोलखाको प्रदेश सभा २ बाट नेकपा (एमाले) का भरतबहादुर केसी विजयी हुनुभएको छ ।
नेपाली कांग्रेसका बर्मा लामालाई १ हजार ८१९ मतान्तरले पराजित गर्दै एमालेका केसी विजयी हुनुभएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका अनुसार केसीले १९ हजार ४१४ मत प्राप्त गर्नुभयो भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत गर्नुभयो ।
यसअघि २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) का विशाल खड्का विजयी हुनुभएको थियो । खड्काले कांग्रेसका लामालाई पराजित गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्