
काठमाडौं । प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्र मध्ये अब दोलखाको एक क्षेत्रको मात्रै नतिजा आउन बाँकी रहेको छ ।
दोलखामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिनुभएको छ । आज (आइतबार) साढे १२ बजेसम्म शिवाकोटीले १८ हजार ६ सय ५६ मत प्राप्त गरेर अग्रता कायमै राख्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले १६ हजार ७ सय २४ मत प्राप्त गरेर पछ्याईरहनुभएको छ ।
एमालेका उम्मेदवार शिवाकोटी र माओवादीका उम्मेदवार कार्कीबीच १ हजार ९ सय ३२ मतान्तर रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्