
महेश कार्की
बाजुरा । बाजुराकाे बुढीनन्दा नगरपालिकाकाले आज आइतबार एक कार्यक्रमकाबीच उपप्रमुख कोशेली कार्यक्रम सुरू गरेको छ।
स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुने महिलालाई कोसेली स्वरूप एक क्रेट अन्डा, आयोडिन नून १ केजी, नुहाउने र कपडा धुने साबुन र ज्वानो वितरण गरिएको नगरपालिकाका उपप्रमुख रामबहादुर बोहराले बताउनुभएको हाे । सुत्केरी भएको बेला पोषणको आवश्यकता पर्ने भएकाे हुँदा कोसेली कार्यक्रमले राहत हुने उहाँले बताउनुभयाे ।
कुपोषणलाई न्यूनिकरण गर्ने र स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउनेको संख्या बढाउने उदेश्यले साेही कार्यक्रम सुरू गरिएको बुढीनन्दा नगरपालिकाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्