२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


शेयर बजार हरियो


312
Shares

काठमाडौं । साताको सुरुको दिन शेयर बजार नगन्य अंकले मात्र हरियो रहेर थामियो ।

उतार चढावबीच बजार परिसूचक नेप्से २ अंक बराबरले धनात्मक रहेर १९ सय ६३ कायम भएर थामियो । कारोबार पनि केही सुधारिएर डेढ अर्ब नाघ्यो । यस दिन ९ वटा समूह हरियो रहँदा ४ वटा रातो रहे ।

वाणिज्य बैंक, विकास बैंक, वित्त र उत्पादनमूलक समूह ऋणात्मक रहँदा बाँकी सुधारिएका हन् । जीवन बीमा समूह सबैभन्दा उच्च १ सय ८३ अंकले उकालो लाग्दा बाँकी सामान्य अंकले सकारात्मक रहे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ४३ कम्पनीको ३७ लाख कित्ता बराबर शेयर १ अर्ब ५६ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यस दिन कमाउने र गुमाउने कम्पनीको संख्या उस्तै रह्यो । यस दिन ९७ कम्पनीको मूल्य बढ्दा ८९ कम्पनीको घट्यो । यस दिन धौलागिरी लघुवित्तका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत बराबर कमाए ।