
एजेन्सी। संयुक्त राष्ट्रसंघले लेबनानका शरणार्थीहरूको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएको भन्दै सहयोग उपलब्ध गराउन विश्व समुदायललाई अपिल गरेको छ ।
संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयुक्त फलिपो ग्राण्डीले लेबनानमा पछिल्लो समयमा शरणार्थीहरूको संख्या निकै बढ्दै गएको जनाउँदै उनीहरूका लागि आवश्यक मात्रामा सहयोग गर्न विश्व समुदायको ध्यानाकर्षण गरेको हो ।
तीन दिनका लागि लेवनान भ्रमणमा रहनुभएका ग्रान्डीले लेबनानमा दशौँ हजार जना शरणार्थीलाई हाल सामान्य सहयोग मात्र गरिएको र उनीहरूको भविष्य सुनिश्चित हुने खालको कुनै दिगो सहयोग प्राप्त हुन नसकेको औंल्याएका छन् ।
सिरियामा दशकौंदेखिको द्धन्द्धका क्रममा लाखौंको संख्यामा लेबनानमा शरणार्थीका रुपमा पुगेका थिए । एक प्रतिवेदन अनुसार हाल लेबनानमा कम्तीमा पनि २० लाख शरणार्थी रहेका छन् । ती शरणार्थीमा अधिकांश सिरियाली भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्