
काठमाडौं । निर्वाचन परिणाम आउन बाँकी रहेको दोलखामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारको अग्रता रहेको छ ।
मत गणनाको पछिल्लो विवरण अनुसार त्यहाँ ७६ हजार बढी मत गणना हुँदा माओवादी केन्द्रका गंगा कार्कीले ३३ हजार ३ सय २६ र उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले ३३ हजार १ सय ६३ मत ल्याउनुभएको छ ।
उहाँहरुबीच १ सय ६३ मतको अन्तर रहेको छ ।
अब शैलुङ गाउँपालिकाको वडा नम्बर १ र २, मेलुङ गाउँपालिकाको वडा नम्बर १ र ३, विगु गाउँपालिकाको वडा नम्बर १, २ र ३ को मत गन्न बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्